बुधबार, चैत ४, २०८२

कोभ्याक्स सुविधाको १५ लाख डोज खोप ल्याइँदै, बालबालिकालाई लगाइने

स्वास्थ्य मन्त्रालयका अनुसार ५ देखि ११ बर्ष उमेरका बालबालिकालाई लगाइने खोप असार १५ भित्रमा ल्याउन सुरु गरिने जनाएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- बालबालिकालाई लगाइने कोरोनाविरुद्दको फाइजर खोप असारभित्रै आउने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई लगाइने खोप असार १५ भित्रमा ल्याउन सुरु गरिने जनाएको छ। 

National life

उक्त खोप कोभ्याक्स सुविधामार्फत निःशुल्क रुपमा ल्याउन लागिएको हो। खोप पहिलो चरणमा १५ लाख खोप १५ असारभित्र आइसक्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख रुद्र मरासिनीका अनुसार कोभ्याक्स सुविधामार्फत उक्त खोप निशुल्क रुपमा प्राप्त गर्न लागिएको हो। 

पहिलो चरणमा २१ जिल्लाबाट खोप सेवा सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ। परिवार कल्याण महाशाखाका अनुसार सो उमेरसमुहका  ३४ लाख बालबालिकाका लागि ८४ लाख खोप निशुल्क प्राप्त हुन लागेको हो। 

खोप चरणबद्ध रुपमा ल्याइने मरासिनी बताउँछन्। फाइजर खोपलाई  माइनस ७० डिग्रीमाथिको तापक्रममा भण्डारण गर्नुपर्ने छ तर नेपालमा २० लाख डोजका लागि मात्रै क्षमता भएकाले चरणबद्ध रुपमा खोप ल्याउन लागेको उनले बताए।

प्रकाशित: May 27, 2022| 14:17 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्