शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्दयी श्रीमान् : जसले कुटपिट गर्दै श्रीमतीको पाठेघर निकाली दिए

निर्दयी श्रीमान् : जसले कुटपिट गर्दै श्रीमतीको पाठेघर निकाली दिए

चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्धक बनाएर निर्घात कुटपिट गरेका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

चितवन- चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्धक बनाएर निर्घात कुटपिट गरेका छन्। 

National life

खैरहनी नगरपालिका-१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति श्रीमतीलाई निर्घात कुटपिट गरेका हुन्। कुटपिट गर्दै माझीले श्रीमतीको पाठेघर निकालिदिएको प्रहरीले जनाएको छ।

श्रीमतीलाई कोठाभित्र थुनेर बन्धक बनाइ कुटपिट गरी गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए।

प्रकाशित: May 27, 2022| 11:05 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।