शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

रामपुर- पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ। सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए।

National life

अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए। 

विहीवार भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा विशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको जानकारी दिए। दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिनुभएका थापाले पाँच वर्षको अवधिमा पालिकाभित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताए।

धनी र गरिबका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुँदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए।

उनले भने, 'एकैपटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिकरूपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका काम हुनेछन्।'

Shivam cement

पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर वृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताए। ठाउँअनुसार फरक–फरक खालको कृषि र पशुपालनका कार्यक्रम, बाँझो जग्गालाई सदुपयोग गरी खेतीयोग्य बनाउन सामूहिक कृषि कार्य गरी गाउँमै स्वरोजगार सिर्जना गर्ने र बसाइसराइ  हुने दर कम गर्ने खालका कार्यक्रम पालिकाले अगाडि सारेको छ। 

आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, स्वास्थ्य सरसफाइ, स्वास्थ्य सेवा थप वृद्धि गर्न निर्माणाधीन १५ शय्याको अस्पतालको भवन सम्पन्नपश्चात सेवा सञ्चालनजस्ता कार्यक्रम पालिकाले तय गरेको छ। 

विद्युत् सेवालाई विस्तार गरी काठका पोल हटाउने, टुकीरहित पालिका बनाउने, एक घर एक धारा, सडक व्यवस्थित गर्ने, सडक स्तरोन्नति, सबै सरकारी कार्यालयमा छिटो–छरितो सेवाप्रवाहजस्ता कुरामा जोड दिइएको छ।

शून्य होमडेलिभरी कार्यक्रमलाई निरन्तरता दिँदै अबको पाँच वर्षमा सुशासनको पाटोमा सहज बनाउने, न्याय सम्पादनमा जोड दिँदै विगत पाँच वर्षमा पूरा गर्न नसकेका अधुरा कामलाई पूरा गरी समृद्ध पूर्वखोला, खुसी गाउँवासी बनाउने सङ्कल्प ल्याएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताए।

लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले निर्वाचनमा कुनै दलको प्रतिनिधिका रूपमा उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधि भएर काम गर्न सकियो भने नागरिकले विकासको अनुभूति गर्न पाउने बताए। 

पूर्वखोलामा गएको पाँच वर्षमा शिक्षा र स्वास्थ्यमा अधारभूत सेवा, महिला सशक्तीकरण, सबै स्वास्थ्य संस्थामा सुत्केरी सेवा, सामुदायिक स्वास्थ्य एकाइ सेवा, प्रयोगशाला, गर्भवतीलाई लक्षित गरेर भिडियो एक्सरे सेवा, सबै बस्तीमा मोटरबाटो संरचना तयार, एक घर एक धारा अभियानजस्ता काम भएका छन्। -रासस

प्रकाशित: May 27, 2022| 10:58 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।