शुक्रबार, असार ५, २०८३

महाकालीमाथिको तुइन हट्यो, बन्यो झोलुंगे पुल

व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुंगे पुल निर्माण भएको हो। पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

दार्चुला- दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुंगे पुल निर्माण भएको छ। तुइन विस्थापनअन्तर्गत महाकाली नदीमाथि पुल निर्माण गरिएको हो। व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुंगे पुल निर्माण भएको हो। पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन्।

National life

झोलुंगेपुल बनेपछि जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ।  मालिकार्जुन –६ का तेजबहादुर चन्दले भने, 'बल्ल अहिले आएर पुल निर्माण भयो। निकै खुसी लागेको छ।'

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चारवटा झोलुंगे पुल निर्माण गरिरहेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गरे। व्याँस –६ बडुगाउँस्थित झोलुंगे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गरेका छन्।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका छन्। व्याँस –६ का कलावती भट्टले तुइन विस्थापनअन्तर्गत झोलुंगे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताए। वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएका उनी बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी भएका छन्।

Shivam cement

'कयौँ बर्खा यो महाकाली नदीमा स्थानीय अकालमै ज्यान गुमाउन बाध्य थिए। अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन,' उनले भने। व्याँस –६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे। नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो। अहिले बडुगाउँमा झोलुंगे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ। 

मालिकार्जुन–६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुंगे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको देख्दा खुसी लागेको बताए। 'अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ। बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुंगे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ,' खुसी हुँदै उनले भने।

नागरिकले झोलुंगे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए। दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो। झोलुंगे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको छ।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताए। 'अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन। दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ।'

व्यास –४ मडगाउँ र मालघाटमा पनि झोलुंगे पुल निर्माणाधीन छ। मडगाउँमा माघ तेस्रो साता झोलुंगे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ। व्याँस गाउँपालिका–२ को मालघाटमा भने झोलुंगे पुल निर्माणाधीन छ। 

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुंगे पुल निर्माण गरिरहेको छ। यी दुवै पुलका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको थियो। यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो। पुल निर्माण गर्न कूल दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो।

पुल उद्घाटन कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष  धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो। 

महाकाली नदीमाथि नेपाल–भारत जोड्न झोलुंगे पुल निर्माण भइरहेको छ। यअसघि ब्याँस–६ को तिगरम र लेकम गाउँपालिका–३ को लाली, मालिकार्जुन–७ को जौलजीविमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भएका छन्। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताए। 'अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ। नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नु पर्दैन।'

भारत पिथौरागढका डिएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताए। उनले भने, 'नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो। सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ।' पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो।       -रासस

प्रकाशित: May 27, 2022| 09:52 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।