आइतबार, साउन २४, २०८३

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

मृत्यु हुनेमा रामेछाप गोकुलगंगा गाउँपालिका-१ का ३७ वर्षीय आशाबहादुर नेवार रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप गोकुलगंगा गाउँपालिका-१ का ३७ वर्षीय आशाबहादुर नेवार रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार विहीबार दिउँसो काठमाडौं महानगरपालिका-३२ कोटेश्वरचोक नजिक दुर्घटना भएको हो।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख ६१२१ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। बा८९प ९०२४ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै थियो। 

घाइते नेवारलाई उपचारका लागि बिएण्डबी अस्पताल ललितपुर लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। बस र चालक कोटेश्वर प्रहरी प्रभागको नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ।   


प्रकाशित: May 27, 2022| 08:41 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।