बुधबार, चैत ४, २०८२

बालेन शाह ६१ हजार ७६७ मत ल्याएर निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह मत ६१ हजार ७६७ ल्याएर निर्वाचित भएका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह मत ६१ हजार ७६७ ल्याएर निर्वाचित भएका छन्। उनी लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका थिए।

निर्वाचन कार्यालयले बिहीबार राति अन्तिम मत परिणाम घोषणा गरेको हो। बालेनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। तेस्रो स्थानमा नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

बालेनले निकटतम प्रतिद्वन्द्वी सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।

सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मतमात्र धेरै ल्याएकी छन्। आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।


प्रकाशित: May 26, 2022| 22:49 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्