बुधबार, चैत ४, २०८२

धूम्रपानजन्य रोगका कारण लाओसमा वार्षिक सात हजारको मृत्यु

धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

विनतियन- धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो। 

National life

एउटाले धूम्रपान गर्दा अर्कालाई असर पर्ने गरेको र त्यसबाट पनि धेरै मानिस पीडित भएको उनीहरूले जनाएका छन्। लाओस इकोनोमिक डेलीले लाओसका स्वास्थ्य मन्त्री बोङफेङ फौमालायसीथलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा विश्वव्यापी यस समस्याबाट आफ्नो मुलुक पनि नराम्रोसँग प्रभावित भएको उल्लेख गरिएको छ। 

पछिल्लो समय १५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा धुम्रपानका लत बढेको पाइएको पनि समाचारमा जनाइएको छ। धुवाजन्य पदार्थका कारण लाग्ने रोगहरूको पछाडि वायुमण्डलको धुँवा-धुलो पनि मुख्य रहेको अधिकारीहरूले बताएका छन्। 

राष्ट्रिय सर्वेक्षणको पछिल्लो प्रतिवेदनका अनुसार १३ देखि १५ वर्षसम्मका किशोर किशोरीहरू मध्ये १०.७ प्रतिशत किशोर र २.१ प्रतिशत किशोरी रहेका छन्।  


प्रकाशित: May 27, 2022| 05:00 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्