आइतबार, साउन २४, २०८३

चार दिनपछि आफन्तले बुझे शव

टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन्। दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि बिहीबार आफन्तले जिम्मा लिएका हुन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

दोलखा- टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन्। दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि बिहीबार आफन्तले जिम्मा लिएका हुन्। 

मृतकका परिवारसँग बिहीबार भएको छलफलबाट टिपर चालकलाई कानूनी कारवाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताए।

गौरिशंकर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारवाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन्। टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: May 26, 2022| 20:52 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।