आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन दुर्व्यवहार आरोपित सुन्दरी प्रतियोगिताका अर्का आयोजक झापाबाट पक्राउ

यौन दुर्व्यवहार आरोपित सुन्दरी प्रतियोगिताका अर्का आयोजक झापाबाट पक्राउ

प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले पक्राउ गरेको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- मिस्टर एण्ड मिस कलेज २०२२ का निर्देशक लालबहादुर शंकर यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्। प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले पक्राउ गरेको हो।  

आफूसँग नजिक भए मिस कलेजको उपाधि जिताइदिने प्रलोभन देखाएपछि १७ वर्षीय किशोरीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। झापाको दमक घर भएकी १७ वर्षीया किशोरीका दाजुको उजुरीपछि शंकरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीलिप गिरीले बताए। 

उनले भने, 'आरोपित शंकरले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरेका छौं। यस विषयमा थप अनुसन्धान गरिरहेका छौं।'

किशोरीले यसअघि इलाका प्रहरी कार्यालय दमकमा गत वैशाख २८ मा उजुरी हालेकी थिइन्। ती किशोरीको उजुरीपछि  प्रहरीले शंकरलाई तीन दिनअघि हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। 

उनीमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको गिरीले बताए। 


प्रकाशित: May 26, 2022| 20:21 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।