आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश

सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश

श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी भएको यसअघिको फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी भएको यसअघिको फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशे जबराले गरेको फैसला उल्टिएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाउने राय बदर भएको हो। अब उनले थप साढे ११ वर्ष कैद बस्नु पर्नेछ। 

प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो। त्यसैले कोइराला ०७७ साउन ७ गते नै जेलबाट रिहा भएका थिए।

बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्ट्याएर २० वर्ष नै कायम गरिदिएको हो।

डीआईजी कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङको जंगलमा लगेर आगो लगाएका थिए। 


कोइरालाले आफू डीआईजी हुँदा श्रीमती गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर जबरा र केसीको इजलासले श्रीमतीले पैसा माग्दा विवाद उत्पन्न भएपछि कोइरालाले रिसको आवेगमा आई उनलाई धकेल्दा मृत्यु भएको देखिन आएको भन्दै उनको सजाय घटाइदिएको थियो।



प्रकाशित: May 26, 2022| 18:04 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।