शुक्रबार, असार ५, २०८३

छात्रा बलात्कार आरोपमा स्कुलका प्रिन्सिपल पक्राउ

सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा सोही स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा सोही स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।

National life

चार वर्षदेखि फरार रहेका प्रिन्सिपल अहिले काठमाडौंबाट पक्राउ परेका हुन्। इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्कामाथि १५ वर्षीय छात्रालाई बलात्कार गरेको आरोप छ। ०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसूरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि उनी फरार थिए।

सिन्धुली कमलामाई स्थायी घर भएका खड्कालाई जाहेरीको करिब ४ वर्षपछि सीआईबीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। घटनाको करिब १ वर्षपछि ०७५ भदौ २ मा छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि आरोपित खड्का फरार भएका थिए भने उनी विरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीमा मुल्तवीमा राखिएको थियो। सीआईबीका अनुसार पक्राउ परेका खड्कालाई जिल्ला अदालत सुनसरी पठाइनेछ।


प्रकाशित: May 26, 2022| 17:11 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।