आइतबार, साउन २४, २०८३

धरानमा एक जनाको हत्या, खोलाको बगरमा शव फेला

धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

सुनसरी- धरानमा एक जनाको हत्या भएको छ। विहीबार बिहान धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो। 

खोलाको बगरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पुरुषको सनाखत हुन सकेको छैन। 

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल गएर अनुसन्धान गरेको छ।

मृतकको घाँटी, टाउको, ढाड लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: May 26, 2022| 12:06 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।