शुक्रबार, असार ५, २०८३

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन्।

National life

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्। 'मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले,' त्रियुगा-१२ साधना टोलका गडुरध्वज धमलाले भने। 

कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको  त्रियुगा-१२ बोटेटोलका कुमार रेग्मी बताउछन्।

त्रियुगा-११ साकेलाटोल र बरुवा क्षेत्रमा पनि मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय हर्कबहादुर कार्कीले बताए। साकेला टोल क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेका छन्। 

त्रियुगा-१३ असारी क्षेत्रमा प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न थालेको किसानले बताएका छन्। ६ वर्षयता  त्रियुगा क्षेत्रमा फौजी किराको समस्या देखिएको हो। समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन्।    -रासस

Shivam cement

प्रकाशित: May 26, 2022| 10:49 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।