शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने

सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने

आइतबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ। विभागले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने जनाएको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- आइतबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ। विभागले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने जनाएको हो।

National life

राहदानी विभागमा सेवाग्राहीको चाप बढिरहेकोले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन आइतबार बिदा नदिने निर्णय गरेको जनाएको छ।

जारी सूचनामा भनिएको छ, ‘विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन यही २०७९ जेठ १५ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १०:०० बजे देखि अपरान्ह ०४ :०० बजेसम्म विभाग खुल्ने र राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गैरहेको व्यहोरा अनुरोध छ।’ 



प्रकाशित: May 26, 2022| 10:11 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।