बिहीबार, असार ३२, २०८३

फेमिली ब्राण्डको तेल उत्पादन र बिक्रीमा प्रतिवन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- फेमिली ब्राण्डको खानेतेल उत्पादन र बिक्रीमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

उत्पादन गुणस्तरहिन भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले उद्योगबाट तोरी तेलको नमूना नियन्त्रणमा लिएर विहीबार साँझ उद्योगमा शिल लगाएको हो ।

फेमिली ब्राण्ड तोरी र भटमासको तेल उत्पादन गर्दै आएको शिवशक्ति घिउ उद्योग प्रा.लि.का संचालक नेपाल घिउतेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल हुन् । औद्योगिक करिडरमा अवस्थित एक उद्योगको क्यान्टिन संचालकले उद्योगको उत्पादन बारे इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेपछि बारा प्रशासनले छापा मारेको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले शंकास्पद नमूना संकलन गरेर परिक्षणका लागी नापतौल तथा गुणस्तर विभागको क्षेत्रिय प्रयोगशालामा पठाइएको जानकारी दिए । प्रशासनले परिक्षण प्रतिवेदन नआएसम्म उत्पादन नगर्न र उत्पादित खानेतेल नबेच्न निर्देशन दिएको छ ।

अधिकांश घिउतेल उत्पादकले सस्तो मूल्यमा आफ्नो उत्पादन बेच्न भटमासको तेलमा पाल्म आयल, सूर्यमूखी र तोरी तेलमा भटमासको तेल मिसावट गरेको अनुगमन टोलीको ठहर छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।