शुक्रबार, असार ५, २०८३

पहुँचका भरमा जहाजको टिकट वितरण

सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान संख्या कटौती गरेका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

जाजरकोट- पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। 

National life

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान १० हजार र हुम्लाबाट सुर्खेत आउन सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन्।

नेपाल वायुसेवा निगमको न्यून  उडानका कारण यात्रु थप मारमा परेका छन्। थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन्। 

नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउनुहुन्छ। 'तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ', उनले भने।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन्। सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान संख्या कटौती गरेका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ।

Shivam cement

सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ। यस्तै समस्या डोल्पा जानका लागि छ। नेपालगञ्जबाट डोल्पा जाँदा नौ हजार र फर्कँदा पाँच हजार तिर्नुपर्छ। पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ। 

प्रकाशित: May 26, 2022| 07:35 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।