दैलेख- दैलेखमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
दैलेखको आठबीस नगरपालिका–२ स्थित सिस्नेस्थित सडकबाट अघि साढे ८ बजेतिर कर्णाली नदीमा बस खसेको हो।
मुगुबाट नेपालगञ्जका लागि छुटेको को म १ ख ६६० नम्बरको बस कर्णाली नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ।