बिहीबार, असार ३२, २०८३

बंगलादेशका मन्त्रीले गरे चन्द्रागिरिको भ्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधन मन्त्री नर्सुल हमिद सहितको टोलीले चन्द्रागिरि भ्रमण गरेको छ। 

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 

चन्द्रागिरिको आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको भन्दै शुभकामना व्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्