बिहीबार, असार ३२, २०८३

पेन्सन कटौतीको हल्लाले जागिर छाड्दै प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले पेन्सन सुविधा कटौती गर्ने हल्लाका कारण पछिल्लो समय नेपाल प्रहरीमा जागिर छाड्ने क्रम बढेको छ।

विरामी बिदा कटौती गर्ने तथा पेन्सनको सुविधा हटाउने विषय मन्त्रीहरूले नै सार्वजनिक गर्न थालेपछि प्रहरीमा त्यसको प्रभाव देखिएको हो। प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्र नै गरेर त्यस्तो हल्लाका पछाडि नलाग्न मातहतलाई निर्देशन दिएको छ। 

हल्लाकै कारण जागिर छाड्ने क्रम बढेको प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले स्वीकारे। ‘विगतभन्दा बढी संख्यामा स्वेच्छिक अवकाशका आवेदन आएका छन्। परिपत्र गरिएपछि यसमा केही कमी आएको छ,’ एसएसपी क्षत्रीले भने।

जागिर छाड्नेको संख्या १० प्रतिशतभन्दा बढी रहेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ।


अर्थतन्त्रको अवस्था राम्रो नभएको बताउँदै अर्थमन्त्री युवराज खतिवडाले पेन्सन र विगतमा दिइँदै आएको वृद्धभत्तासमेत कटौती हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। प्रधान कार्यालयको परिपत्रका बावजुद जागिर छाड्नेको संख्यामा खासै कमी नआएको प्रहरी स्रोतको दाबी छ। स्रोतका अनुसार पछिल्लो समय जागिर छाड्नेको संख्या १० प्रतिशतभन्दा बढी छ।

एक उच्च अधिकृतका अनुसार नेपाल प्रहरीमा विभिन्न अन्योलका कारण आकर्षण पनि घट्दै गएको छ। प्रहरी ऐन तथा अपराध संहितामा भएका कतिपय प्रवाधानका कारण प्रहरी कारवाही जटिल बन्दै गएको र सामान्य अपरेसनमा पनि अपराधीभन्दा प्रहरी नै फस्न सक्ने भएकाले पछिल्लो समय जागिर छाड्ने क्रम बढेको ती अधिकृतको भनाइ छ। 

अर्थमन्त्री खतिवडाको सार्वजनिक अभिव्यक्तिबारे सरकारले औपचारिक निर्णय भने गरेको छैन। पेन्सन कटौती गर्ने वा ५५ वर्ष पुगेकाले मात्र पाउने भन्नेबारेमा बेला–बेलामा मन्तव्य दिँदै आएका छन्। 

यसको प्रभाव निजामति कर्मचारीमा पनि परेको छ। अवकाश पाउन केही वर्ष बाँकी रहेका धेरैले स्वेच्छिक अवकाश रोज्न थालेका छन्। अघिल्लो सरकारले निजामति कर्मचारीमा स्वेच्छिक अवकाशको नीति ल्याएको थियो। तर, वर्तमान सरकारले त्यसलाई रद्ध गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।