शुक्रबार, असार ५, २०८३

भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९
National life
Shivam cement

बाँके- बाँकेको कोहलपुर  नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। सो घटनापछि केहीबेर सडक जाम भएको थियो। 

प्रकाशित: May 25, 2022| 20:45 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।