बुधबार, चैत ४, २०८२

१ महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षा समितिको निर्देशन

छापिएको पुस्तक तत्काल विद्यार्थीहरुलाई वितरण गर्न र छपाई हुन बाँकी पुस्तक पनि एक महिनामा छापिसकेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबारको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई यस्तो निर्देशन दिएको हो। 

National life

छापिएको पुस्तक तत्काल विद्यार्थीहरुलाई वितरण गर्न र छपाई हुन बाँकी पुस्तक पनि एक महिनामा छापिसकेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्। 

अब ३५ लाख थान पुस्तक छपाउन बाँकि छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक दिनमा १ लाख थान पुस्तक छाप्न सक्छ। 

‘तत्काल जो जति छापिएको छ। छापिएकोलाई तुरुन्त पुर्‍याउनु पर्‍यो। बाँकी पुस्तक छाप्न अरु प्रेसहरुलाई पनि दिएर तुरुन्तै एक महिना भित्र विद्यार्थीहरुको हातमा पुस्तक पुर्‍याउनका लागि समिति सरकारलाई निर्देशन दिन चाहन्छ,’ सभापति घर्तीले भनिन्। 

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।

Laxmi sunrise bank
kumari

सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाईको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताइन्।


प्रकाशित: May 25, 2022| 15:54 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्