शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोहलपुरको प्रहरी हिरासतमा आफ्नै टीसर्टको पासो लगाएर आत्महत्या गरे थुनुवाले

कोहलपुरको प्रहरी हिरासतमा आफ्नै टीसर्टको पासो लगाएर आत्महत्या गरे थुनुवाले

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एक जना थुनुवा मृत फेला परेका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९
National life
Shivam cement

काठमाडौं– बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एक जना थुनुवा मृत फेला परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थुनुवा कक्ष परिसरको शौचालयमा आफ्नै टीसर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनी फेला परेका हुन्।

ती थुनुवा जबरजस्ती करणी आरोपमा वैशाख १९ गतेदेखि थुनामा थिए। शव पोष्टमार्टमका लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको प्रहरीले बताएको छ।


प्रकाशित: May 25, 2022| 15:02 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।