आइतबार, साउन २४, २०८३

चट्याङ लागेर दुई जनाको मृत्यु, तीन घाइते

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर थप तीन जना घाइते भएका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर थप तीन जना घाइते भएका छन्।

कपिलवस्तु, शिवराज नगरपालिका-६ पिपरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको हो। सोही ठाउँस्थित पिपलको रुख मुनि पानी परेकोले ओत लागि बसेको अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुर महमद लगायत तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

गुल्मी, मदाने गाउँपालिका-४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ। आफ्नै गोठमा गाई-बस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको बताइएको छ।

प्रकाशित: May 25, 2022| 13:12 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।