बुधबार, जेठ २७, २०८३

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि सञ्चालन हुने भएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि सञ्चालन हुने भएको छ।  

National life

काउन्सिलले सूचना जारी गर्दै  जेठ १२ देखि १४ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा सञ्चालन हुने जनाएको छ।

परीक्षा दिन आउँदा प्रवेशपत्रका साथ आफ्नो परिचय खुल्ने कुनै एक परिचयपत्र जस्तै नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा सरकारी निकायबाट जारी गरिएको  परिचयपत्र ल्याउनु पर्ने आयोगले जनाएको छ।

एमबीबीएसको लाइसेन्स परीक्षा १२ र १३ गते सञ्चालन हुने छ भने बिडीएसको १४ गते  हुने छ।



Shivam cement

प्रकाशित: May 25, 2022| 12:54 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्