आइतबार, साउन २४, २०८३

भिन्नाभिन्नै स्थानमा तीन जनाको शव फेला

देशका भिन्नाभिन्नै स्थानमा तीन जनाको शव फेला परेको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- देशका भिन्नाभिन्नै स्थानमा तीन जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-१७ ढल्कु वस्ने ७२ वर्षीया राधिका महर्जन आफ्नै घरको भुइँ तलामा बनाएको पानीको रिजर्भ ट्याँकीमा गएराति मृत अवस्थामा फेला परेकी छन्। 

चितवन राप्ती नगरपालिका-८ थ्रि-ग्रुप बस्ने ५८ वर्षीय अनन्त बहादुर रानाभाट आफ्नै घर नजिक कच्ची सडकको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

रसुवा, गोसाईकुण्ड गाउँपालिका-३ लिङलिङस्थित भोटेकोशी नदीमा परिचय खुल्न नसकेका पुरुष मंगलबार मृत फेला परेका छन्। तीनै घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: May 25, 2022| 12:46 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।