झापा- १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अर्जुनधारा नगरपालिका-६ पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
भुजेलले ती बालिकालाई विभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगी पटक-पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।