शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

Siddartha premir insuranceSiddartha premir insurance

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।
 |  बुधबार, जेठ ११, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, जेठ ११, २०७९

काठमाडौं- प्रस्तावित गेटा मेडिकल कलेजको विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकोमा धनगढीबासीले चिन्ता व्यक्त गरेका छन्। करिब ९० प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको उक्त मेडिकल कलेजलाई सरकारले बेवास्ता गरेको आरोप स्थानीयको छ।

triton college

धनगढी उपमहानगरपालिका-५ तारानगरका हेमराज मिश्र प्रस्तावित गेटा मेडिकल कलेजको विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिनु दुखद् भएको बताउँछन्। 'सरकारले क्षमता भए प्रत्येक जिल्लामा मेडिकल कलेज सञ्चालन गरोस्। हामीलाई आपत्ति छैन। तर, सुदूरपश्चिमवासीको आशाको केन्द्र रहेको गेटा मेडिकल कलेजलाई अलपत्र पार्ने काम स्वीकार्य हुँदैन,' उनले भने। जटिल स्वास्थ्य समस्या भएकामा सुदूरपश्चिमका बिरामीले भारत वा काठमाडौं पुग्दा घरवार नै बेच्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए।

'प्रधानमन्त्री यहीँको हुनुहुन्छ। उहाँलाई निर्माण कार्य अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको चिन्ता छैन। आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रभावित पार्न सिंगो सुदूरपश्चिमवासीको जीवनमाथि खेलवाड गर्दै डडेलधुरामा मेडिकल निर्माणको कुरा गर्नुभएको छ। जुन सरासर गलत छ,' उनले थपे।

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ। चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको उनले बताए। संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ।

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

'चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्राबासका भवनहरु निर्माणको काम थालेको छ। ६ वटा छात्राबास भवन निर्माणको काम अन्तिम चरणमा छ,' नेपाल समयसँग कुरा गर्दै उनले भने, 'आगामी आर्थिक वर्षबाट मेडिकल कलेज भित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गर्छौं।' ६ सय शैय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको पुजाराले जानकारी दिए। यसका साथै अन्य २७ वटा भौतिक संरचना निर्माणको काम पनि सकिएको छ।

Metro Mart
vianet

खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सबस्टेसन निर्माणलगायत काम भने बाँकी छ। अहिले आफूहरू विद्युतको सवस्टेसन निर्माणको काममा लागिरहेको पुजाराले बताए। उनले मेडिकल कलेज चलाउन मिल्नेगरी संरचना निर्माण भइसकेको जानकारी दिए।

'अहिले बजारमा निर्माण सामग्रीको भाउ दोब्बरले महँगिएको छ। तैपनि हामीले कामलाई तीव्रता दिएका छौं। संरचना लगभग चलाउन मिल्नेगरी तयार भइसक्यो। अब ऐन चाहिएको छ। कुन मोडालिटीमा सञ्चालन गर्ने भनेर ऐन बनाउन आवश्यक छ। अब प्रक्रियागत रुपमा जाँदा सहज हुन्थ्यो,' उनी भन्छन्।

निर्माणाधिन गेटामेडिकल कलेज

गेटा मेडिकल कलेजको विषय निकै पुरानो हो। २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए। उनले सानो घर पनि बनाएका थिए। उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो। तर, ७ वर्षसम्म मेडिकल कलेजको काम अगाडि बढेन। २०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो। २०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो।

तर, यस पटक सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिमवासीले बहुप्रतिक्षीत योजनाको रुपमा हेरेको गेटा मेडिकल कलेजको विषय समावेश नहुँदा स्थानीय आक्रोशित बनेका छन्। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जनताको भावना कुल्चिँदै गेटा मेडिकलको विषय नीति तथा कार्यक्रममा समावेश नहुनु आपत्तिको विषय भएको बताए।

गेटा मेडिकल कलेजको विषय निकै पुरानो हो। २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए। उनले सानो घर पनि बनाएका थिए।

'हामी आगामी बजेटमा गेटा मेडिकल कलेजको विषय समावेश नभए आन्दोलन गर्नेछौं। सरकारले क्षमता भए टोलटोलमा मेडिकल कलेज खोलोस्। हामीलाई आपत्ति छैन। तर, निर्माण कार्य अन्तिम चरणमा पुगेको योजनालाई अलपत्र पारेर नयाँ मेडिकल कलेजको अवधारणा अगाडि ल्याउनु गलत हो,' उनी भन्छन्। उनले स्वतन्त्र रुपमा नागरिक अगुवाहरूले धनगढीमा सरकारको उक्त कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

'गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने कि? स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कि? अत्याधुनिक अस्पताल बनाउने कि? के बनाउने भन्ने विषयमा सरकार अझै अन्यौल छ,' उनले भने, 'हामीलाई जे बनाए पनि आपत्ति छैन। तर, सुलभ रुपमा विशेषज्ञ सेवा सञ्चालन हुनुपर्छ। जनताले सुलभ रुपमा  उपचार पाउनुपर्छ।'

पर्याप्त जमिन रहेको, आवश्यक संरचना निर्माण भइसकेको र प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालसमेत नजिकै रहेकाले गेटामै मेडिकल कलेज निर्माण उपयुक्त हुने उनले बताए। एयरपोर्टदेखि सबै आवश्यक पूर्वाधार पनि नजिकै रहेकाले गेटा मेडिकल कलेजको विकल्प अन्यत्र नहुने जोशी दाबी गर्छन्।

'सरकारले पर्याप्त बजेट छुट्याएर चाँडो मेडिकल कलेज सञ्चालन गर्नुपर्छ। यसै प्रदेशको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ। उहाँ देशको साझा नेता बन्न सक्नुपर्छ। भोट तान्नका लागि डडेलधुराका जनतालाई प्रभावित पार्ने खालका योजना ल्याउनु सुदूरपश्चिमवासीका लागि स्वीकार्य हुँदैन,' उनले भने। उनले अन्य समयमा कैलालीमा आएर प्रधानमन्त्री पत्नी आरजु राणाले विकासका ठूला कुरा गर्ने गरेकोमा जनताको आशाको केन्द्रका रुपमा रहेको गेटा मेडिकल कलेजमा दृष्टि नपुग्नु पनि दुखद् रहेको बताए।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले राज्यले कैलालीवासीलाई हेपेको अनुभूति आफूलाई भएको बताएका छन्। पटक-पटक गेटा मेडिकल कलेज चाँडो सञ्चालनका विषयमा आफूहरूले सरकारको ध्यानाकर्षण गराउने गरेको भए पनि त्यो सुनुवाइ नहुने गरेको उनको गुनासो छ। उनले आफूहरूको दबाब नपुगेको भन्दा पनि राज्यले सुन्न नचाहेको बताए। यसै क्षेत्रको प्रधानमन्त्री भएको समयमा जनताले ठूलो आशा गरेको गेटा मेडिकल कलेज निर्माणको विषय नीति तथा कार्यक्रममा नै नसमेटिनु आपत्तिजनक रहेको सांसद राना बताउँछन्।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले आफूहरूले गेटा मेडिकल निर्माणको प्रक्रियालाई गति नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए। 'मैले त आजैबाट अनसन सुरु गर्ने भनेको थिएँ। साथीहरूले केही दिन चरणवद्ध आन्दोलन गरौं। त्यति गर्दा पनि माग सुनुवाइ भएन भने अनसन बसौंला भन्नु भएको छ। हाम्रो आन्दोलन रोकिँदैन,' उनले भने।

उनले डडेलधुरा मेडिकल कलेज बनाउने भन्ने विषय पार्टी सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाको चुनावी फन्डा भएको आरोप लगए। 'गलत कदमका विरुद्ध हामी बोल्नुपर्छ। यो सुदूरपश्चिमका जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने रणनीति हो। यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र थप २० वर्षपछि धकेलिन्छ,' उनी भन्छन्।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले राज्यले कैलालीवासीलाई हेपेको अनुभूति आफूलाई भएको बताएका छन्।

उनले सरकारविरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताएका छन्। 'हामी बिहीबार बिहान धनगढीका तीन स्थानमा हस्ताक्षर संकलन गर्नेछौं। हाम्रो एउटै माग छ, गेटा मेडिकल कलेजमा स्वास्थ्य सेवासहित पठनपाठनको व्यवस्था हुनुपर्छ,' उनले भने, 'हस्ताक्षर संकलनपछि हामीले प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई उक्त हस्ताक्षर पठाउने छौं।' शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने उनले बताए। त्यति गर्दा पनि आफूहरूको एक बुँदे माग सुनुवाइ नभए आइतबारबाट रिले अनसन थालिने सुनारले जानकारी दिए।

शिक्षाविद् प्रा. डा. हेमराज पन्त पनि सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको कुरा नसमेटिनु निराशाजनक भएको बताउँछन्। यसले राज्यको सुदूरपश्चिमप्रति हेर्ने दृष्टिकोण प्रष्ट भएको उनले बताए। राज्य जनताको स्वास्थ्यप्रति गम्भीर र जिम्मेवार हुनुपर्नेमा त्यस्तो हुन नसक्नु निकै दुखद् भएको उनी बताउँछन्। सरकारले तत्काल गेटा मेडिकल कलेजको विषय प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले माग गरे। गेटा मेडिकल कलेज बने दिनहुँ सयौं नेपाली उपचारका लागि भारत गइरहेकोमा त्यो रकम बाहिरिनबाट जोगिने उनी बताउँछन्।

'गेटा मेडिकल कलेज बने हामी आफ्नो ठाउँमा गुणस्तरीय शिक्षा पाउँछौं। हाम्रो रकम बाहिरिँदैन। धेरैले रोजगारीको अवसर पाउँछन्। अहिले गेटा मेडिकल कलेजमा राजनीति घुस्यो भने यस क्षेत्रको स्वास्थ्य २० वर्ष पछि धकेलिन्छ,' उनी भन्छन्।

प्रकाशित: May 25, 2022| 13:35 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।