आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेन्ट लरेन्सका विद्यार्थी आज पनि आन्दोलित, आरोपित शिक्षक बर्खास्त

सेन्ट लरेन्सका विद्यार्थी आज पनि आन्दोलित, आरोपित शिक्षक बर्खास्त

चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आज पनि आन्दोलित छन्। आज बिहानैबाट विद्यार्थीहरुले गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन गरिरहेका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आज पनि आन्दोलित छन्। आज बिहानैबाट विद्यार्थीहरुले गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन गरिरहेका छन्। 

महिला हिंसा अन्त्य गर, शैक्षिक माफिया मुर्दावाद लेखिएका प्लाकार्ड बोक्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलले छात्राहरुमाथि दुर्व्यवहार गरेको भन्दै मंगलबारदेखि नै विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन्।

यसैबीच, कलेजले विज्ञप्ति जारी गर्दै आरोपित शिक्षकलाई बर्खास्त गरिएको र प्रहरीलाई छानबिनका लागि आवश्यक सहयोग गर्ने बताएको छ। कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कलेजको कक्षा ११ मा अध्ययनरत छात्राहरु उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा जेठ ६ गते कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो। कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पीडित छात्राहरुसँग घटनाको बारेमा जानकारी लिएका थियौं। तत्पश्चात् पीडित छात्राहरु र अभिभावक समेतसँग घटनाको सम्बन्धमा छलफल गरेका थियौं। सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेको छ।

यस सम्बन्धमा पीडित छात्राहरुको तर्फबाट महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दर्ता भइसकेको छ। साथै आरोपित व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरी कानुनी कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ। घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरुले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको छ।’

घटनाप्रति दुःख व्यक्त गर्दै कलेज प्रशासनले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिनेतर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिवद्ध रहेको बताएको छ।




प्रकाशित: May 25, 2022| 10:44 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।