काठमाडौं- कास्कीको पोखरा महानगरपालिका-९ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
गए राति करिब पौने १ बजे एयरपोर्टबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग१९प ५२१ नम्बरको स्कुटर नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटरमा पछाडि सवार पोखरा महानगरपालिका–३३, तल्लो पुडिटारका अन्दाजी ४० वर्षीय किशोरकुमार थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० वर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको छ।