बिहीबार, असार ३२, २०८३

मेस्सी र रोनाल्डोसंग सलाहाको भिडन्‍त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- लिभरपुलका फरवाडर मोहमद सलाहा युइएफए अवार्डको सर्वश्रेष्ठ च्याम्यिन्स लिग फरवाडमा मनोनित भएका छन् ।

उनले सर्वश्रेष्ठ च्याम्पियन्स लिग फरवाडको उपाधिका लागि बार्सिलोनाका फरवाड लियोनल मेस्सी, युभेन्ट्सका फरवाड क्रिस्टियानो रोनाल्डोसँग प्रतिसपर्धा गर्दै छन् । सलाहाले २०१७/१८ को सिजनमा लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन १० गोल गरेका थिए । तर, फाइनलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो ।

क्रिस्टियानो रोनाल्डोले पछिल्लो बर्षको उपाधि जितेका थिए । उनी लगातार तीनबाट ट्रफी उचाल्ने कैयौ खेलाडी मध्ये एक थिए । पोर्चुगली स्टार रोनाल्डोले १५ गोल गर्दै सर्वाधिक गोल कर्ताको रुपमा सिजनको अन्त्य गरेका थिए । उनको यो छवौ पटकको मनोनित हो ।

बार्सिलोनाका फरवाड खेलाडी लियोनल मेस्सी तीन खेलाडी मध्ये तेस्रो स्थानमा छन् । शिर्ष १६ मा चेल्सीसँगको जित सिहत उनी तेस्रो स्थानमा छन् । उनले च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् । बार्सा क्वाटरफाइनलमा रोमासँग पराजित हुदै बाहिरिएको थियो ।

त्यस्तै गोलकिपरमा एलिसन, किलोर नभास र गिन्लुइगी बुफोन रहेका छन् । मिडफिल्डरमा टोनी क्रोस, लुका मड्रिच र केभिन डि ब्रुइन रहँदा डिफेन्डरमा मार्सलो, सर्जीयो रामोस र राफेल भराने रहेका छन् ।

उपाधि विजेता पछिल्लो सिजनका समूह चरणका ३२ प्रशिक्षक र युरोपका ५५ पत्रकारको भोटबाट छनोट गरिने बताएको छ । जसको घोषणा सिजन २०१८–१९ को समूह चरणको ड्र सार्वजनिक कार्यक्रममा गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।