आइतबार, साउन २४, २०८३

रोल्पामा अटो दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवर रहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये एक जना गम्भीर घाइते भएका छन् भने दुई जना उपचारपछि घर फर्केका छन्।

रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको छ।

मंगलबार साँझ करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा१ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।

प्रकाशित: May 25, 2022| 08:13 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।