बुधबार, चैत ४, २०८२

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्। उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्। उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन्।

National life

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए। पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुन: अर्को कार्यकालका लागि पुन: निर्वाचित भएका हुन्।

उनले दोस्रो कार्यकालका लागि आफूलाई निर्वाचित गरेकोमा सदस्य राष्ट्रहरूप्रति खुसी व्यक्त गरेका छन्। दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आफू आभारी रहेको उनको प्रतिक्रिया छ।

‘यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ। म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु,' निर्वाचित भएपछि उनले प्रतिक्रिया दिँदै भनेका छन्।

स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ। उनले आधिकारिक रूपमा १६ अगस्टदेखि दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्ने छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 25, 2022| 08:08 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्