शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इलाममा विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा

इलाममा विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मंगलबार पनि सहज हुन सकेन। नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

इलाम- इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा इलामका सेवाग्राही मर्कामा परेका छन्। विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ।

National life

सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ। वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो। बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ। विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ।

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मंगलबार पनि सहज हुन सकेन। नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन।

केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म 'फल्ट' पत्ता लाग्न नसकेको जानकारी दिए। उनले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताए।

प्रकाशित: May 25, 2022| 07:50 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।