शुक्रबार, असार ५, २०८३

आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

National life

४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार प्रहार गरेका थिए।

बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 25, 2022| 07:14 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।