बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : ५ सय सीमा स्तम्भ हराएदेखि ठेकेदार जोगाउने खेलसम्म

आजका अखबार : ५ सय सीमा स्तम्भ हराएदेखि ठेकेदार जोगाउने खेलसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले नेपाल भार सीमाका करिब पाँच सय सीमा स्तम्भ गायब भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले सिक्टा सिँचाइमा भएको अनियमितताको विषयलाई उठान गरेका छन् । 

आजको नागरिक दैनिकले परिक्षणका क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहरलाई आयोजना कार्यलय आफैंदे मर्मत गरेर ठेकेदारलाई उन्मुक्ति दिने चलखेल गरेको खबर लेखेको छ । कालिका कन्स्ट्रक्सनले निर्माण गरेको आयोजनाको अनियमितता लुकाउन र ठेकेदारलाई बचाउन कार्यालय आफैले मर्मत गरेको नागरिक दैनिकले उल्लेख गरेको छ । 

यस्तै नागरिक दैनिकले आयल निगम 'जग्गा खरिद प्रकरण : फेरि संसद्मा' शीर्षकमा विशेष खबर छापेको छ । उसका अनुसार अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्व्यनमा नआएपछि नेपाल आयाल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता संसदीय समितिमा प्रवेश गरेको छ ।

आजको अन्नपूर्ण पोस्टले भने नेपाल भारत सीमाका करिब ५ सय सीमा स्तम्भ हराएको खुलासा गरेको छ । नेपालको १२ सय हेक्टर भूभाग भारततिर गएको अनुमा गरिएको पनि अन्नपूर्णले जनाएको छ । 

यस्तै अन्नपूर्णले वर्षमा ५ हजार कर्मचारी विदेश जाने गरेको र सरदर २५ दिन घुमेर फर्किने गरेको विषयलाई विशेष महत्वका साथ छापेको छ । कर्मचारीको विशेष भ्रमणमा मात्रै सरकारी कोषबाट वार्षिक २ अर्ब खर्च हुने गरेको  उसले उल्लेख गरेको छ । 

नेपालका ७ हजार विद्यालय शौचालय विहीन भएको विषयलाई एङ्कर न्युज बनाएको आजको कान्तिपुर दैनिकले 'मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर' शीर्षकमा मुख्य समाचार छापेको छ । उसले सबै कर्मचारी केन्द्र मातहत रहेकाले मुख्यमन्त्रीले खटनपटन गर्न नपाएको उल्ललेख गरेको छ । प्रदेश सरकार गठन भएको ६ महिना वितिसक्दा पनि स्वायत्त ढङ्गले चल्न नपाएको कान्तिपुरले लेखेको छ। 

आजको नयाँ पत्रिकाले भने 'महिला लाई अदालत : आस न भरोसा' शीर्षकमा मुख्य समाचार छापेको छ । यस विषयका लागि पहिलो पृष्ठको करिब आधा पेज खर्चिएको नयाँ पत्रिकाले महिलाविरुद्ध हुने हिसां, बलात्कार, हत्याका विषयमा आदलतमा पर्ने उजुरीको सुनुवाई एकदमै थोरै हुने गरेको उल्लेख गरेको छ । सर्वोच्चमा गत वर्ष मात्र बलात्कारका ३१७ मुद्दा पर्दा जम्मा ३९ को मात्रै फैसला भएको नयाँ पत्रिकाले लेखेको छ ।

यसैगरि आजको कान्तिपुर र नागरिक दैनिकले आमाको नामबाट नागरिकता लिन बाबुको पहिचानको प्रश्न उठ्ने गरि ऐन बनाउने लागिएको विषयलाई पनि महत्वका साथ छापेका छन् । जन्मिदा बाबुको पहिचान नचाहिने तर नागरिकता लिँदा अनिवार्य रुपमा चाहिने व्यवस्था संसद्मा दर्ता भएको विद्येयकमा गरिएको पत्रपत्रिकाले लेखेका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।