बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपकुलपति हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

उपकुलपति हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति बदर गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले तत्कालीन प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो।

पछिल्लो सरकारको नियुक्ति बदर गर्ने निर्णय गरेसँगै राजर्षि विश्वविद्यालयका उपकुलपति डा भरत झा, सेवा आयोगका अध्यक्ष प्राध्यापक डा शैलेन्द्र लाभ, रजिष्ट्रार महेन्द्र यादव र सेवा आयोगका सदस्य अनिलकुमार साह सर्वोच्चलाई गुहारेका थिए। सर्वोच्चले आदेश दिए सँगै उपकुलपति झासहित चारैजनाको पुर्नवहाली भएको छ।

चारैजनाले १८ साउनमा नियुक्ति बदर गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट उपर सुनवाइ गर्दै सर्वोच्च अदालतका न्यायधीश दीपकराज कार्कीको इजलासले विहिबार अन्तिरम आदेश जारी गरेको उपकुलपति डा.झाले जानकारी दिएका छन्। कुलपतिको हैसियतले प्रधानमन्त्री ओलीको उपकुलपतिलगायत चारवटा कार्यकारी पदमा आफू अनुकुल व्यक्ति नियुक्ति गर्ने तयारी रहेको थियो।
 
२०७४ चैत्र १६ गते मान्यता पाएको राजर्षि जनक विश्वविद्यालय अन्तर्गत जनकपुरस्थित राराब, सिरहाको सूर्यनारायण-सत्यनारायण बहुमुखी र राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको छ। जनकपुरस्थित राराब क्याम्पसलाई विश्विद्यालयको केन्द्रीय क्याम्पस बनाइएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।