बुधबार, चैत ४, २०८२

उपचारमा लापरबाही गर्ने ग्रान्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति गराउन उच्चको आदेश

उपचारमा लापरबाही गर्दा शिशुलाई गम्भीर स्वास्थ्य समस्या 'क्याटाटोनिया' भएको भन्दै शिशु (रिहान)का बुबा अदालत पुगेका थिए। अदालतले क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश दिएको सुने पनि औपचारिक रूपमा जानकारी नआएको रिहानका बाबु सञ्जीव न्यौपानेले बताएका छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

ललितपुर- पाटन उच्च अदालतले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी इन्टरनेसनल अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश जारी गरेको छ। न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। 

National life

उपचारमा लापरबाही गर्दा शिशुलाई गम्भीर स्वास्थ्य समस्या 'क्याटाटोनिया' भएको भन्दै शिशु (रिहान)का बुबा अदालत पुगेका थिए। अदालतले क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश दिएको सुने पनि औपचारिक रूपमा जानकारी नआएको रिहानका बाबु सञ्जीव न्यौपानेले बताएका छन्। 

४ वर्षअघि धापासीस्थित ग्रान्डी अस्पतालमा ३६ हप्तामा रिहानको जन्म भएको थियो। बालकको स्वास्थ्य अवस्थामा सुधार नभएको परिवारले बताएको छ। 

अदालत जानुअघि शिशुका बुबा नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी लिएर पुगेका थिए। 

प्रकाशित: May 24, 2022| 19:56 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्