शुक्रबार, जेठ १, २०८३

लक्षित जनसंख्याको ७५ प्रतिशतलाई कोभिडको पूर्ण खोप

सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइसकिएको जनाएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

National life

काठमाडौं– सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइसकिएको जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख छ।

राष्ट्रपतिले भनिन्, ‘सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित जनसंख्याको करिब ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइसकिएको छ। त्यसैगरी करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ। स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन्।’

प्रकाशित: May 24, 2022| 16:34 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्