बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी आउने पर्यटकलाई सैनामैना हुदैं बल्ढेंगगढी लैजाने योजना

लुम्बिनी आउने पर्यटकलाई सैनामैना हुदैं बल्ढेंगगढी लैजाने योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- विश्व पर्यटनको केन्द्र लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउन सैनामैना हुँदै बल्ढेंगगढी पुर्‍याउने गरी योजना बनाउनुपर्ने पर्यटन क्षेत्रका सरोकारवालाहरुले जोड दिएका छन्।

नेपाल पर्यटन पत्रकार संघ रुपन्देही (एण्टोज) को आयोजना तथा सैनामैना थारु होमस्टेको सहआयोजनामा रुपन्देहीको पश्चिम क्षेत्र मुर्गियामा सम्पन्न पर्यटकीय क्षेत्रको सम्भावना र चुनौति विषयक अन्तरक्रियामा बोल्दै जनप्रतिनिधी, पर्यटन व्यसायी, संघसंस्थाका प्रमुख तथा पर्यटन क्षेत्रसंग सरोकार राख्ने व्यक्तिहरुले समृद्धिको आधार पर्यटन पुर्वाधार भएकोले त्यस विषयमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले लुम्बिनी आउने हरेक पर्यटकलाई एक दिन सैनामैनाका पर्यटकीय क्षेत्रको अवलोकन गराएर राति सैनामैनाको थारु होमस्टे तथा सुकौराको मगर होमस्टेमा राख्ने र अर्को दिन बल्ढेंगगढीको चिसो मौसम र प्राकृतिक सौन्दर्यता देखाउन लाने गरी पर्यटकीय योजना बनाउनुपर्ने बताए।

नगर प्रमुख कार्किले नगरमा सैनामैनालाई पर्यटकीय नगरको रुपमा विकास गर्न सबै किसीमका अभियानको थालनी भएको समेत बताए । उनले भने ‘हामीले नगरभित्र पर्यटक पाहुना घर तथा होमस्टेको बनाउन चाहनेको लागी अनुदान दिने समेत व्यवस्था गरेका छौं।’

कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघ ५ नम्बर प्रदेश अध्यक्ष भुवन कार्कीले संसारका धेरै मान्छे लुम्बिनीको देश नेपाल घुम्न आउने चाहना भएकोले उनीहरुलार्इ आउने वातवरण निर्माण गर्ने दायित्व मिडीयाको भएकोले पत्रकार र अन्य सरोकारवाला निकाय मिलेर पर्यटनको अझ व्यापक प्रचार प्रसार र प्रबर्द्धन गर्नुपर्ने बताए। 

अध्यक्ष कार्कीले लुम्बिनी भ्रमणमा आउनेलाई सैनामैनाका पर्यटकीय क्षेत्रको भ्रमण गराउदैं विश्वविख्यात कोरियन प्राध्यापक क्वाक युन हुन लेसमेत अनुसन्धान गरी प्रमाणित गरेको संसारमा हिमाल र लुम्बिनी देखिने एक मात्र क्षेत्र बल्ढेंगगढी पुर्‍याउनेगरी पर्यटकीय प्याकेज बनाउनुपर्ने बताए। 

उक्त अवसरमा राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश महासचिव प्रदीप आचर्यले सैनामैना क्षेत्रमा वाटर पार्कहरु बनाएमा गौतमबुद्ध विमानस्थल हुँदै वा बेलहिया नाका हुँदै भित्रिने सयौं पर्यटकको बसाई लम्बीन सक्ने बताए। 

सैनामैना थारु होमस्टेका अध्यक्ष खुसिराम थारुले जाती, भाषा र संस्कृतिले सम्पन्न सैनामैना पुरातात्विक, साँस्कृतिक दृष्टिले धनी हुँदाहुँदैपनि ओझेलमा परेकोमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाए। नागरिक समाजका अगुवा तथा प्राकृतिक चिकित्सक रामप्रसाद भट्टराईले सैनामैना क्षेत्रको एैतिहासीक पर्यटकीय गन्तव्यहरुको बारेमा नक्साकंनसहित अन्तक्रियामा छलफल गरे। 

मगरहरुको प्राचिन थलो बल्ढेंगगढी पाल्पा जिल्लामा पर्दछ। सैनामैनादेखी ७ किलोमिटर दूरीमा पर्ने उक्त ठाउँबाट उत्तरतर्फ हिमाल र दक्षिण तर्फ लुम्बिनी देख्न सकिन्छ। मौसमको हिसाबले अत्यन्तै चिसो उक्त ठाउँ सैनामैनादेखी पदयात्रा गर्दै जाने पर्यटनको नयाँ गन्तब्य बन्न सक्ने लुम्बिनी विश्व शान्ति नग्रामका योजनाकार प्राडा क्वाकले उल्लेख गरेका छन्। 

सैनामैनामा बोलबमधाम, रानीकुवा, बडकुवा, कोटहीमाई, राजापानी, ऐतिहासिक मलमला क्षेत्र लगायतका पर्यटकीय स्थलहरु रहेकोले सबैको एकताबद्ध प्रयास जरुरी रहेको उक्त कार्यक्रममा टिप्पणीकर्ता समेत रहेका पर्रोहा क्याम्पस प्रमुख चित्रबहादुर केसीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्