शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत सरकारको अनुदान सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९
National life
Shivam cement

काठमाडौं– भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन्। यो कास्की जिल्लाको एक पुरानो विद्यालय हो । 

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो। यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इन्डिया७५ आजादीका अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक भएको दूतावासले जनाएको छ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्। ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन्। 


प्रकाशित: May 24, 2022| 16:26 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।