बिहीबार, असार ३२, २०८३

बंगलादेशका उर्जा राज्यमन्त्री पुगे चन्द्रागिरि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशका ऊर्जा र खनिज संसाधन राज्यमन्त्री नर्सुल हमिदसहितको टोलिले काठमाण्डौको दक्षिण-पश्चिममाअवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन्। 

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको बताए। भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई परियोजनाको सफलताको शुभकामना व्यक्त गरे।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।