आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन दुर्व्यवहारको आरोप लागेका सेन्ट लरेन्सका शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेका सेन्ट लरेन्सका शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कलेजकी एक छात्रालाई कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि आरोपीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ। ‘आरोपीबारे थप अनुसन्धान भइरहेको छ,’ काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले भने।

यसै विषयलाई लिएर आज बिहानैदेखि कलेजका विद्यार्थीहरु आन्दोलित भएका थिए। शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ।

यसबारे पटकपटक कलेज व्यवस्थापनलाई जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। आज  बिहान कलेज परिसरमा प्रदर्शन गरेपछि उनीहरूले महानगरीय प्रहरी वृत्त गौशाला पुगेर पनि नाराबाजीसहित प्रदर्शन गरेका थिए।

* पुनः सम्पादन गरिएको –सम्पादक

प्रकाशित: May 24, 2022| 13:00 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।