सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेन्ट लरेन्स विद्यार्थी दुर्व्यवहार प्रकरण : पीडितकी आमा भन्छिन् – गौशाला प्रहरीले न्याय देलाजस्तो छैन

सेन्ट लरेन्स विद्यार्थी दुर्व्यवहार प्रकरण : पीडितकी आमा भन्छिन् – गौशाला प्रहरीले न्याय देलाजस्तो छैन

चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ का छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ का छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

‘आफ्नो इच्छा पूरा गरिदिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने’ भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीहरूको गुनासो छ। विद्यार्थीहरूलाई उनले विभिन्न प्रलोभनमा पारेर दुर्व्यवहार गर्ने गरेको आन्दोलित विद्यार्थीहरूको गुनासो छ। आन्दोलित विद्यार्थीले कलेजमा तोडफोडसमेत गरेका छन्। 

अहिले अधिकारीलाई प्रहरीले गौशाला वृतमा ल्याएको छ। आरोपितथ अधिकारीलाई प्रहरीले गौशाला प्रहरी कार्यालयमा ल्याएको छ। विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि पनि प्रदर्शन र नाराबाजी गरेका छन्। विद्यार्थीले गौशालाको सडक नै ठप्प पारेर आन्दोलन गरिरहेका छन्। सडक अवरुद्ध भएपछि प्रहरीले खुलाउन खोज्दा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल पनि भएको छ। पीडित परिवार र आरोपित दुवै दुवै प्रहरी परिसर गौशालामा छन्।

यसैबीच, पीडित विद्यार्थीकी आमाले गौशालाबाट न्याय पाइएला जस्तो नलागेको भन्दै टेकु जाने बताएकी छन्। उनले भनिन्, ‘पिडकलाई भित्र राखिएको भनिएको छ। तर हामीलाई भेट्न दिइएको छैन। तिनलाई चियानास्ता खुवाएर राखिएको छ रे! यहाँबाट न्याय पाइन्छ जस्तो लागेन। भएन भने म टेकु जान्छु।’

आरोपितलाई प्रहरीले लुकाएको भन्दै विद्यार्थीहरुले सार्वजनिक गर्न माग गरेका छन्। उनीहरुले अधिकारीको फोटो प्रिन्ट गरेर ल्याएर प्रदर्शन गर्नुका साथै च्यातेर जलाएका छन्।

प्रकाशित: May 24, 2022| 12:10 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।