बिहीबार, असार ३२, २०८३

छोरा अपहरणमा परेको उजुरी दिने बाबु प्रहरी खोरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आफ्नो छोरा अपहरणमा परेको भन्दै उजुरी दिने बैतडी पाटनका राकेश विष्टलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ।

काठमाडौंको कपनमा बस्दै आएका बिष्टले आफ्नो २० बर्षिय छोरा नरेश विष्ट अपहरण्मा परेको भनि बुधबार दिउँसो महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल नं १०० मा गलत सुचना गरेका थिए।

नक्कली अपहरणको आशंकामा प्रहरी बाबु नरेश बिष्ट र उनको छोरा माथी अनुसन्धान गर्दा अपहरणको गलत सुचना दिएको पाईएपछि प्रहरीले विष्टलाई नियन्त्रणमा लिएको हो।

गलत सुचना दिई प्रहरीलाई भ्रममा पारेको बिषयमा अनुसन्धान तथा कारबाही अगाडी बढाईएको परिसरले जनाएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।