बारा- बारामा गुडिरहेको कारमा आगलागी भएका छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट कारमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले बताए। प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुनबाट जोगिएको छ।
लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५:३० बजे अचानक आगलागी भएको हो। दमकल, प्रहरी र स्थानीयको सहयोगले ६:०० बजे आगो नियन्त्रणमा लिइएको थियो।