बिहीबार, असार ३२, २०८३

गणेश लामालाई एक बर्ष कैद र डेढ करोड जरिवाना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-विशेष अदालत काठमाडौंले डन भनेर चिनिएका गणेश लामालाई एक करोड ४० लाख स्रोत नखुलेको सम्पति जफत हुने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले काभ्रेका गणेश लामालाई एक करोड ४० लाख बराबरको अबैद्य सम्पति जफत र त्यति नै बराबरको जरिवाना गरेको हो। अदालतले उनलाई एक बर्ष कैदको फैसला समेत सुनाएको छ।

विशेष अदालतका रजिष्ट्रर भिमकुमार श्रेष्ठका अनुसार लामालाई सम्पति सुद्धिकरण विभागले ५ जेठ, २०७० मा उनको २७ करोड एक लाख रुपैयाँको सम्पतिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो। 

गत फागुन दोश्रो साता लामालाई प्रहरीले हतियार सहित गौसालाबाट नियन्त्रणमा लिएको थियो। उनलाई हाल सदरखोर चारखालमा राखिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।