बिहीबार, वैशाख २०, २०८१

पटकपटक बागीले जित्ने जनकपुरमा 'निधि फ्याक्टर'

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ मा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्।
 |  सोमबार, जेठ ९, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, जेठ ९, २०७९

मधेशको केन्द्रमा रहेको जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन्। उनी १३ हजार ४६५ मत ल्याएर विजयी भएका हुन्। मनोजका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत पाए। तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३६० मत पाउँदा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले ५ हजार १९४ मत मात्र पाएका छन्।

triton college

यसबाट जनकपुर बागीको लागि उर्वर रहेको पुनः प्रमाणित भएको छ। नेपाली कांग्रेसका बागी उम्मेदवार साहले जनकपुरको पुरानै 'रेकर्ड'लाई कायम गरेका छन्। ०७४ सालको स्थानीय निर्वाचनबाहेक अरु चुनावमा जनकपुरबाट बागी उम्मेदवार नै निर्वाचित भएका छन्। धेरै निर्वाचनमा जनकपुर बागीका पक्षमा उभिएको देखिन्छ। 

जनकपुर नगरपालिकालाई तत्कालीन पञ्चायत सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम २०१७ जेठ १३ मा गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्च सरकारले सिधै 'चेयरमेन' बनाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ साल पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम 'जनकपुर नगर पञ्चायत' राखेका थिए।

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ मा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भएर वृषेशचन्द्र लाल चुनिए।

प्रकाशित: May 23, 2022| 21:50 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...