आइतबार, वैशाख १६, २०८१

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।
 |  सोमबार, जेठ ९, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, जेठ ९, २०७९

काठमाडौं- नेकपा एमाले सत्ताको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको गृहजिल्ला झापामा पार्टीको हैसियत कस्तो रह्यो भन्‍नेबारे चासो बढ्दो छ। देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र त्यसमा पनि संसद्को सबैभन्दा ठूलो दल एमाले देशभर पराजयको सामना गरिरहँदा पार्टी कमाण्डरको गृहजिल्लाको अवस्थाबारे चासो स्वभाविक पनि हो। 

triton college

पार्टी अध्यक्ष ओलीकै गृहनगरमा राजेन्द्र लिङ्देनको हलोसँग सूर्यको जोर नचलेपछि एमाले उम्मेदवार गीता अधिकारीले पराजय व्यहोर्नुपर्‍यो। अधिकारीलाई पराजित गर्दै हलो चुनाव चिह्न भएका राप्रपाका राम थापा विजयी भए। थापालाई कांग्रेस र माओवादीलगायतले पनि समर्थन गरेका थिए। गृहनगरमा पराजय व्यहोरे पनि एमालेले समग्र झापाको नतिजा हेर्दा भने विरासत जोगायो। 

१५ पालिका रहेको झापामा २०७४ सालको निर्वाचनमा सात पालिकाको नेतृत्वमा विजयी भएको एमाले यसपटक पनि ६ पालिकामा जित हात पारिसकेको छ भने मेचिनगर नगरपालिकामा अग्रता कायम गरेको छ। यसरी हेर्दा झापामा एमालेले आफ्नो स्थान यथावत नै राखेको देखिन्छ। 

देशभरको समग्र नतिजामा ९० स्थानीय तह गुमाएको एमालेले झापाको विरासत जोगाएको छ। 

झापामा नेपाली कांग्रेसले ६ पालिका जित्दा राप्रपाले पनि २ पालिकाको नेतृत्वमा जित हात पारेको छ। पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रको अवस्था हेर्दा भने झापामा मतदाताभन्दा बढी हुन सकेन। माओवादीले विभिन्‍न पदमा उम्मेदवारी दिए पनि सम्झनलायक मत ल्याउन सकेन। 

corrent noodles
Metro Mart

एमाले झापाका पूर्वअध्यक्ष चिन्तन पाठकले अनुसार यसपटक दमकमा धक्का व्यहोरे पनि समग्रमा हेर्दा जिल्लाभर एमालेको जनमत बढेको दाबी गरे। 

 देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

एमालेले जिल्लामा ९ उपप्रमुख/उपाध्यक्षमा जित हात पारेको छ भने १ मा अग्रता छ। कांग्रेसले ६ प्रमुख ३ उपप्रमुख जित्दा राप्रपाले २ प्रमुख र २ उपप्रमुख जितेको छ। 

झापामा अझ रोचक त के भने देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। राजनीतिक सिद्धान्त र विचारको दुहाइ दिने दलका केन्द्रीय नेताहरुले यहाँको गठबन्धन स्थानीय आवश्यकताका आधारमा स्थानीय नेताहरुले गरेको निर्णयभन्दै पन्छिएका छन्। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

झापामा कांग्रेसले एक थप गर्दा राप्रपाले १ पालिका गुमायो। माओवादी केन्द्र २०७४ सालझैं निल रहँदा पहिलो पटक चुनावमा होमिएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले त उम्मेदवारी दिनुलाई नै उपलब्धि मानेको देखियो। 

तथ्यांकमा दलहरुको शक्ति

अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेका बलदेव सिंह गोम्देन तामाङ प्रमुखमा निर्वाचित भए। उनले १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी रन्जिता कार्कीले १३ हजार ७५३ मत प्राप्त गरिन्। यहाँ कांग्रेस र माओवादीबीच तालमेल थियो। उपप्रमुखमा पनि एमालेकी खड्गमाया पराजुली निर्वाचित भइन्। उनले १७ हजार ६३७ मत प्राप्त गर्दा माओवादी केन्द्रका जितेश योन्जनले ९ हजार ७१ मत मात्र प्राप्त गरे। अघिल्लो निर्वाचनमा अर्जुन धारा नगरपालिका एमाले नै जितेको थियो। 

देशभर आफूविरुद्ध भएको गठबन्धनलाई आँखा चिम्लिँदै एमालेले कांग्रेससँग काँध जोडेर कचनकवलमा देशभरमा भएमध्येकै अनौठो समीकरण बन्‍यो। देशका दुई ठूला र प्रतिस्पर्धी दललाई राप्रपा एक्लै भारी भएपछिको बाध्यतालाई दुबै पार्टीले स्वीकार गरेको परिणाम कचनकवल समीकरण हो। जुन सफल पनि बन्यो र गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भयो। अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भए। उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मत ल्याएर निर्वाचित भए। अघिल्लो निर्वाचनमा राप्रपाका अन्जरा आलम अध्यक्षमा निर्वाचित भएका थिए। अहिले आलमलाई हराएर कांग्रेसका राजवंशी अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा राप्रपाकी निमसरी राजवंशीलाई हराएर एमालेका भट्टराई निर्वाचित भए। निमसरी निवर्तमान उपाध्यक्ष हुन्। 

कन्काई नगरपालिकाको मेयरमा एमालेका राजेन्द्रकुमार पोखरेल विजयी भए। उनी ८ हजार ६७३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत प्राप्त गरे। उपमेयरमा भने कांग्रेसकी आशा शिवाकोटी १० हजार ७१३ मत प्राप्त गरेर निर्वाचित हुँदा एमालेकी मन्जु प्रसाईंले ८ हजार ८४५ मत प्राप्त गरिन्। अघिल्लो निर्वाचनमा यहाँ मेयर र उपमेर दुवैमा एमाले विजयी भएको थियो।  

कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई १२ हजार ८६८ मत ल्याएर विजयी भए। एमालेका भीमप्रसाद राईले ९ हजार ६५३ मत प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी प्रमिला न्यौपाने विजयी भइन्। उनले १० हजार ८४५ मत प्राप्त गर्दा माओवादीका पर्शुराम सुवेदी ८ हजार ३७१ मत प्राप्त गरे। कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। यसपटक कमल गाउँपालिका कांग्रेसले एमालेबाट खोस्न सफल बन्यो। अघिल्लो निर्वाचनमा कांग्रेसका राई एमालेकी मेनुका काफ्लेसँग १ मतले पराजित भएका थिए। 

गौरादह नगरपालिका यसपटक कांग्रेसले गुमाएको छ। नगरपालिकाको मेयरमा एमालेका छत्रपति सुवेदी विजयी भएका छन्। उनले १२ हजार ८४९ मत पाउँदा कांग्रेसका रोहितकुमार शाहले ११ हजार ४८४ मत प्राप्त गरे। उपमेयरमा पनि एमालेकै जलवर्षा राजवंशी विजयी भइन्। उनले ११ हजार ९१४ मत प्राप्त गर्दामा माओवादीका पुष्पला ढकालले १० हजार ४३८ मत प्राप्त गरे। अघिल्लो निर्वाचनमा कांग्रेसका रोहितकुमार शाह विजयी भएका थिए। अहिले उनै शाहलाई पराजित गरेर एमालेका सुवेदी विजयी भएका हुन्।   

झापाको टिकट वितरणमा जितेको महसुस गरेका विश्‍वप्रकाशले चुनावमा हारे भने टिकट वितरणमा हारेका सिटौलाले आफ्नो गृहनगरमा जित हात पारे। यी दुई नेताको जुँगाको लडाइँले झापामा कांग्रेस कमजोर बन्‍यो।

गौरीगञ्‍ज गाउँपालिका यसपटक राप्रपाले गुमाएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी फुलवति राजवंशी निर्वाचित भइन्। उनी ५ हजार ६८९ मत ल्याएर निर्वाचित हुँदा एमालेका विजयकुमार अग्रवाल ३ हजार ३३० मत ल्याए। उपाध्यक्षमा भने एमालेकी पुजन न्यौपाने कुँवरले ४ हजार ७५५ मत ल्याएर विजयी हुँदा कांग्रेसका मखना महतोले ३ हजार ७९५ मत प्राप्त गरे। अघिल्लो निर्वाचनमा भने राप्रपाका बाबुराजा श्रेष्ठ निर्वाचित भएका थिए भने उपाध्यक्षमा कांग्रेसका दिपेन्द्र थापाले बाजी मारेका थिए।  

झापा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयनारायण शाह ६ हजार ९९८ मत प्राप्त गरेर विजयी भए। एमालेका गौरीशंकर राजवंशीले ४ हजार ३६५ मत प्राप्त गरे। उपाध्यक्षमा पनि कांग्रेसकै अन्जुदेवी थपलिया ५ हजार ८६८ मत ल्याएर विजयी हुँदा एमालेकी देवीमाया अधिकारीले ४ हजार ३७१ मत प्राप्त गरिन्।  अघिल्लो निर्वाचनमा पनि यो गाउँपालिका कांग्रेसले नै जितेको थियो।  

एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा यसपटक एमालेविरुद्ध कांग्रेस राप्रपा र माओवादीबीच गठबन्धन भएको थियो। सोही कारण यसपटक दमकको मेयरमा राप्रपाका रामकुमार थापा निर्वाचित भएका छन्। थापाले १७ हजार ५२५ मत ल्याउँदा एमालेकी गीताकुमार पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन्। उपमेयरमा भने कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भइन्। उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत ल्याए।  अघिल्लो निर्वाचनमा दमकको मेयर र उपमेयर दुवै एमालेले जितेको थियो। 

यसपटक बाह्रदशी गाउँपालिका कांग्रेसले गुमाएको छ। बाह्रदशीको अध्यक्षमा एमालेका देविन्द्रप्रसाद चम्लागाई ७ हजार १४८ मत ल्याएर विजयी भए। कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत प्राप्त गरे। उपाध्यक्षमा पनि एमालेकै शान्तादेवी शिवाकोटी ६ हजार ६२३ मत प्राप्त गरेर विजयी भइन्। अघिल्लो निर्वाचनमा भने कांग्रेसका राजवंशी अध्यक्षमा निर्वाचित भएका थिए। भने उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भएको थियो।  

विर्तामोड नगरपालिकामा एमालेकी पवित्रादेवी महतारा १६ हजार ५२० मत ल्याएर मेयरमा निर्वाचित भइन्। कांग्रेसका भोजराज सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरे। उपमेयरमा एमालेकै नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भए। उनले १५ हजार ५८६ मत प्राप्त गर्दा माओवादीका चन्द्रप्रसाद कडरियाले ८ हजार ४५१ मत प्राप्त गरे।  अघिल्लो निर्वाचनमा पनि विर्तामोडमा एमाले नै निर्वाचित भएको थियो। 

बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मनोज प्रसाईँ ११ हजार ४०३ मत ल्याएर विजयी भए। एमालेकी मिरा भुर्तेलले ८ हजार ३०२ मत प्राप्त गरिन्।  उपाध्यक्षमा भने एमालेका भवानीप्रसाद खतिवडा विजयी भए। उनले ८ हजार ७४ मत ल्याउँदा माओवादीका  खड्गबहादुर तिम्सिनाले ५ हजार २१६ मत प्राप्त गरे।  अघिल्लो निर्वाचनमा पनि कांग्रेस नै विजयी भएको थियो। 

भद्रपुर नगरपालिका कांग्रेसले एमालेबाट खोसेको छ। भद्रपुरको मेयरमा कांग्रेसका गणेश पोखरेल १२ हजार ५२५ मत ल्याएर विजयी भए। एमालेका असारु राजवंशी ९ हजार ७५९ मत ल्याए। उपमेयरमा भने राप्रपाकी राधा कार्कीले ९ हजार २३० मत ल्याएर विजयी हुँदा माओवादीका शिवकुमार राजभण्डारीले ८ हजार ५३३ मत प्राप्त गरे।  भद्रपुरमा अघिल्लो पटक एमाले विजयी भएको थियो।   

मेचिनगरनगरपालिकामा एमालेका गोपालबहादुर बुढाथोकी मेयरमा र उपमेयरमा मीनाकुमारी पोखरेल विजयी उन्मुख छन्। कांग्रेसका इन्द्रबहादुर बुढाथोकी मेयरमा र उपमेयरमा माओवादीका प्रकाश भण्डारीले पराजय भोग्ने निश्चित भएको छ। कांग्रस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर मेचीनगर कांग्रेस माओवादीबीच गठबन्धन थियो। यो नगरपालिकामा अघिल्लो निर्वाचनमा कांग्रेसका विमल आचार्य निर्वाचित भएका थिए।

हल्दीबारी गाउँपालिका राप्रपाले यसपटक जोगाएको छ। गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेन ६ हजार ८५६ मत ल्याएर विजयी। एमालेका डम्बरबहादुर गिरी ४ हजार ६६६ मत ल्याए। उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली ५ हजार ७८ मत ल्याएर निर्विचत हुँदा एमालेकी शान्तादेवी गौतमले ४ हजार १०६ मत ल्याइन।  अघिल्लो पटक पनि राप्रपाका लिङ्देन नै विजयी भएका थिए।

ओली र शर्मालाई धक्का, सिटौलालाई फाइदा 

झापाको मतपरिणामले एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री शर्मालाई धक्का दिएको छ। ओलीको गृह नगर दमकमा एमालेले ३० वर्षपछि पराजय भोगेको छ। कांग्रेस, माओवादीलगायतका दलको सहयोगमा दमकको नेतृत्व राप्रपाका थापाको हातमा पुग्यो। 

कांग्रेस महामन्त्री शर्माको गृहनगर मेचीनगरको नेतृत्व भने एमालेको हातमा पुगेको छ। ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जितेको मेचीनगरमा यसपटक एमालेले बाजी मारेको हो। शर्माको गृहनगरमा कांग्रेस पराजित हुनुको पछाडि अन्तरघातलाई कारक मान्‍न थालिएको छ। किनकी झापाको मेयरको उम्मेदवार चयन गर्न कांग्रेसभित्र ठूलै रडाको मच्चिएको थियो। त्यसको असर परिणाममा देखिएको विश्लेषण अहिले झापाका कांग्रेस नेता कार्यकर्ताले गरिरहेका छन्। 

मेचीनगरमा प्रदेश समितिको निर्णयअनुसार कांग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डे मेयरका उम्मेदवार बनाइएका थिए। पाण्डे नेता कृष्णप्रसाद सिटौला निकट मानिन्थे। तर, महामन्त्री शर्माले यसलाई प्रतिष्ठाको विषय बनाएपछि वैशाख १२ गते मनोनयन दर्ताका दिन कांग्रेस केन्द्रले प्रदेशको निर्णय नै उल्टाएर इन्द्रबहादुर बुढाथोकीलाई मेचीनगर मेयरको आधिकारिक उम्मेदवार बनाएको थियो। त्यही विवादले अन्तरघात निम्त्याएको र त्यसले मेचीनगरको नेतृत्व कांग्रेसको पञ्जाबाट फुत्किएको विश्लेषण झापाका एक कांग्रेस नेताको छ। 'टिकट वितरणमा महामन्त्री र पूर्वमहामन्त्रीले प्रतिष्ठाको विषय बनाउनुभयो। र टिकटको लडाइँ वर्तमान महामन्त्रीले जित्नु भयो,'ती नेताले भने, 'टिकटको लडाइँ सकिएपछि इमान्दारीताका साथ पार्टी जिताउन लाग्नुपर्नेमा यहाँ त्यस्तो देखिएन। देखाइदिने खेलले कांग्रेसले मेचीनगर गुमायो।' उनकै शब्दमा टिकट वितरणमा जितेको महसुस गरेका विश्‍वप्रकाशले चुनावमा भने हार्नुपर्‍यो। उनका उम्मेदवार एमाले उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भए।

माओवादीको जनधारसँग मात्रै हामी भ्रमित रहेनछौं। नेकपा एसले समेत एमालेको मत काट्छ भन्‍ने गलन आँकलन हामीले गरेका रहेछौं। यहाँ कोही पालिका प्रमुख पनि एमाले छोडेका थिएनन्। त्यसकारण एसले एमालेको भोट काट्न सकेन, परिणाम कांग्रेस हार्‍यो।

झापामा ओली र शर्मालाई धक्का लाग्दा अर्का नेता सिटौलालाई भने फाइदा पुगेको छ। सिटौलाको निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसले एउटा मात्र पालिका जितेको थियो। बाह्रदशी गाउँपालिका मात्रै जितेको कांग्रेसले यसपटक भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा जित निकालेको छ। तर अघिल्लो पटक कांग्रेसले जितेको बाह्रदशी गाउँपालिकामा भने एमालेले खोसेको छ। हल्दीबारी गाउँपालिका भने राप्रपाले जोगाएको छ। अघिल्लो पटक भन्दा एक पालिका थपेको र सदरमुकाम अर्थात भद्रपुर नगरपालिकामै कांग्रेस जितेकाले निर्वाचन परिणामले सिटौलालाई फाइदा पुगेको विश्लेषण अहिले भइरहेको छ। 

दलको विश्लेषण

'माओवादी र एसको भ्रममा पर्दा कांग्रेस कमजोर'

झापाका एक कांग्रेस नेता मतपरिणाममा सन्तोष व्यक्त गर्ने ठाउँ नदेखिएको बताउँछन्। देशभर कांग्रेसको उभार आइरहेका बेला झापामा भने अपेक्षाकृत नतिजा निकाल्न नसिकएको उनको स्वीकारोक्ति छ। अघिल्लो निर्वाचनको तुलनामा एक तह बढी जिते पनि त्यो सन्तोषजनक नरहेको उनले बताए। 'देशभर हाम्रो पक्षमा उत्साहजनक परिणाम आयो। तर झापामा भने हामीले अपेक्षा गरे अनुसारको परिणाम आउन सकेन। त्यसकारण सन्तोष मानेर बस्‍नेभन्दा पनि थप मेहनत गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,' ती नेताले भने, 'मत परिणाम सन्तोषजनक नआउनुमा केही फ्याक्टरले काम गरेका छन्। त्यसको हामी समीक्षा गर्नेछौं।'

उनको विश्लेषण अनुसार मतपरिणाम अपेक्षाकृत हुन नसक्नुको मुख्य कारण तालमेलको भद्रगोल हो। झापामा कांग्रेसले केही स्थानीय तहमा माओवादीसँग र कचनकवलमा एमालेसँग र दमकमा राप्रपासँग तालमेल गरेको थियो। एमालेसँग र राप्रपासँगको तालमेल सफल भए पनि माओवादीसँगको तालमेल सफल हुन नसकेको ती नेता सुनाउँछन्। 'खासमा भन्ने हो भने माओवादीसँग बलियो जनाधार नै रहेछ। हामी भ्रममा रहेछौं। त्यो मतपरिणामले देखायो नि,' उनले भने।  

माओवादीसँग बलियो जनाधार रहेको भ्रमका कारण तयारी समेत राम्रो नगरिएको उनको स्वीकारोक्ती छ। सँगै झापामा नेकपा एसको शक्ति समेत कमजोर रहेकाले एमाले सग्लो र बलियो रहेको पुष्टि भएको ती नेता बताउँछन्। 'माओवादीको जनधारसँग मात्रै हामी भ्रमित रहेनछौं। नेकपा एसले समेत एमालेको मत काट्छ भन्‍ने गलन आँकलन हामीले गरेका रहेछौं। यहाँ कोही पालिका प्रमुख पनि एमाले छोडेका थिएनन्। त्यसकारण एसले एमालेको भोट काट्न सकेन,' उनी भन्छन्, 'तालमेलभित्रको बेमेल र भ्रमसँगै टिकट वितरणमा भएको भद्रगोललाई अहिले कारक मान्‍न सकिन्छ। त्यससँगै भएको अन्तर्घातले थप क्षति व्यहोर्नुपर्‍यो।' 

'अन्य कम्युनिस्टलाई नपत्याउँदा एमाले विजयी'

एमाले झापाका पूर्वअध्यक्ष पाठक मतपरिणाम सन्तोषजनक आउनुमा तीन कारण रहेको सुनाउँछन्। 'पहिलो कारण त केपी ओलीको नेतृत्वमा देश र जनताका पक्षमा भएका काम नै हुन्। त्यसले नै झापामा हाम्रो जनमत कामय रह्यो, अझै बढ्यो। दोस्रो झापाका जनताले एमाले बाहेकका कम्युनिस्ट पार्टीलाई पत्याएनन्,' उनी भन्छन्, 'तेस्रोचाहीँ माओवादीबाट कांग्रेस फाइदा लियो तर कांग्रेसले माओवादीलाई देखाइदिए। त्यस पनि हाम्रो जनमत कायम रह्यो।'

दमक लगायतका पालिकामा व्यहोर्नुपरेको पराजयका बारेमा भने समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ। 'दमकलगायतका पालिकाको पराजयको समीक्षा हुनुपर्छ। केही स्थानमा अन्तर्घात देखियो। तल सबैठाउँमा सूर्यमा मत दिएर टाउको काटेको पाइयो,' उनी भन्छन्, 'यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्नेछ। संगठानात्मक अराजकताले आन्तरिक जीवनलाई फाइदा गर्दैन।'

कांग्रेसका कारण नेकपा एस गठबन्धनबाहिर 

नेकपा एसका नेता तीर्थ सिग्देलले भने गठबन्धनले कतै नाफा कतै घाटा भएको बताएका छन्। उनले दमक, भद्रपुर र कमल गाउँपालिका बाहेकका १२ पालिकामा गठबन्धन नभएको र ती सबै ठाउँमा कांग्रेस र माओवादीको मात्र तालमेल भएको उनले बताए। दमकबाहेक सबै प्रमुख लिने र माओवादीले ९ वटा उप प्रमुख लिने आपसी सहमति गरेपछि समाजवादी र जसपा गठबन्धनबाट बाहिरिन बाध्य भएको र त्यसको परिणामस्वरुप कांग्रेसले पहिले जितेका नगर पनि गुमाउनु परेको उनको विश्लेषण छ। 

'माओवादीले कांग्रेसको मात्र भर पर्दा ०७४ कै स्थितीमा सीमित बन्यो। त्यो बेला उसले ६ वटा वडा मात्र जितेको थियो। उसले कांग्रेससँग मिलेर ९ वटा उपमेयर लिए पनि एउटा पनि जितेन,' उनले सामाजिक सञ्जालमा भनेका छन्, 'ती उपप्रमुख एमालेको भागमा पुग्यो। सबैलाई मिलाएको भए त्यो जोगाउन सकिन्थ्यो। एकीकृत समाजवादीप्रति गठबन्धनका दलहरु असहिष्णु देखिए। मिलाएर जानु उचित हो भन्ने नठान्दा कांग्रेस र माओवादीले धेरै ठाउँमा पराजय भोग्नु पर्‍यो। जस्तो सबै दल मिलेको भए मेचीनगर, कनकाई, शिव सतासी, गौरादह, बिर्तामोड, अर्जुनधारा, बाह्रशी एमालेले जित्‍ने थिएन।'

प्रकाशित: May 23, 2022| 21:50 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...