बिहीबार, असार ३२, २०८३

मेगाको शाखा रहित बैंकिङ्ग सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसीले संयुक्त रुपमा दीप प्रज्जवलन गरी औपचारिक रुपमा उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक मनोज खड्काले मेगा बैंकको हलोदेखि हाइड्रो भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको बताए । 

कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा गई बैंकिङ्ग सेवा दिन सुझाव दिए । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई कमाएको पैसा वचत गर्न सिकाउनुपर्ने, समाज सुधारको लागि बैंकले पहल गर्नुपर्ने बताए । समाजको सुधार भएमात्र बैंकको पनि कार्यक्रममा सुधार आउने कुरामा जोड दिए। ।

बनेपा नगरपालिका वडा नम्बर १३ र १४ का वडाध्यक्षद्वय सूर्यनारायण नापित र गौरी राउत, नेपाल प्रहरी विद्यालयका समादेशक श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रममा शुभकामना मन्तब्य दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्