शुक्रबार, असार ५, २०८३

बुटवलमा १२ वर्षीया बालिका बलात्कृत, अभियुक्त पक्राउ

बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।

National life

ती पुरुषले मिठाई खान दिने लोभमा फकाई बुटवल–११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अभियुक्तलाई तिनाउ नदीको किनारबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल हुन्। प्रहरीले अनुसन्धानका लागि आज अदालतबाट म्याद थपसमेत गरिसकेको छ।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी अभिभावकको साथमा घर पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: May 23, 2022| 17:09 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।